क्रिकेट विश्वकप छनोट नेपालमा निशुल्क लाइभ हुने, जोहरा मार्फत एडप्याडले लियो आधिकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 12:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने आईसीसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङको अधिकार जोहरा इन्टरनेशनल प्रालिले पाएको छ । कम्पनीले नेपालको भूभाग भित्र प्रतियोगिताको डिजिटल स्ट्रिमिङको अधिकार  पाएको हो ।

स्टार इन्डिया प्रालि मार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले एड प्याड प्रालिलाई उक्त विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको छ । 

 एडप्याडले यस प्रतियोगितालाई नेट टिभी एप र वेबसाइटमा निशुल्क प्रसारण गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार प्रतियोगिताका सबै ३४ खेलहरू नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिनेछ, जसमा नेपालको भूभाग भित्रका अन्य विदेशी प्रसारणकर्ताहरूमा उपलब्ध हुने छैनन् । सबै खेलहरूको प्रत्यक्ष प्रशारण नेपाली समय अनुसार १२:३५ बजेदेखि सुरु हुनेछ ।

यस वर्षको सुरुमा, जोहरा र एड प्याडले यूटुबमा एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रिमिङ प्रदान गर्न साझेदारी गरेका थिए, जुन नेपालमा सबैभन्दा धेरै हेरिएको डिजिटल कार्यक्रम बनेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार सो प्रत्यक्ष प्रशारणमा २० लाखभन्दा बढी अद्वितीय दर्शकहरू जोडिएका थिए र नेपाली खेलकुदको इतिहासमा पहिलो पटक युट्युबमा ट्रेन्डिङ नम्बर १ स्थान हासिल गर्दै एकै समयमा १.८७ लाख दर्शकले खेल प्रत्यक्ष हेरेको किर्तिमान बनेको थियो । 

नेपाल क्रिकेट संघ क्यानक अध्यक्ष चतुरबहादुर चन्दले भने 'साँच्चिकै भन्नुपर्दा, यो प्रतियोगिता अब नेपाली प्लेटफर्ममा निस्शुल्क उपलब्ध हुने कुरामा मैले निकै          राहत महसुस गरेको छु । यसअघि विदेशी प्रशारणकर्तामा कतिवटा खेल प्रशारण हुने भन्ने अन्योलता थियो । हामीले आइसीसीलाई पनि पत्र लेखेका थियौं, तर निजी कम्पनीहरूले आफ्नै पहलमा समयमै प्रशारण अधिकार हासिल गर्दै नेपाली क्रिकेट प्रेमीहरूमा पुग्ने कुरा सुनिश्चित गरेकोमा मलाई धेरै गर्व छ' । 

जोहरा इन्टरनेशनलका एमडी आमिर अख्तरले भने 'स्टार इन्डियासँग धेरै कुराकानी पछि अन्ततः अधिकारहरू प्राप्त गर्न पाउँदा हामी उत्साहित छौं र हामी अब क्रिकेटको भोका राष्ट्रलाई प्रतियोगिताका सबै खेलहरू डिजिटल रूपमा उपलब्ध गराउन सक्षम भएकोमा गर्व गर्छौं । यो नयाँ सुरुवात मात्र हो र नेपाली दर्शकहरूले डिजिटल रूपमा उपलब्ध हुने धेरै टूर्नामेंटहरू, विशेष गरी नेपाल समावेश हुने अपेक्षा गर्न सक्छन् । म आफैं एक भूतपूर्व क्रिकेटरको हैसियतमा यस प्रतियोगिताको गुरुत्वाकर्षणसँग जानकार छु र हामीले नेपाललाई हरेक खेलमा, चाहे त्यो ८००० किलोमिटर टाढाबाटै होस्, सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्न सफल भएका छौं '। 

एडप्याडका एमडी सुरज गिरीले भने 'डिजिटल युगमा, दर्शकहरूलाई सजिलो पहुँच नहुनु र विशेष गरी यो परिमाणको प्रतियोगितामा आफ्नै टोलीको खेल हेर्नबाट वञ्चित हुनु अनुचित हुने थियो । हामी जोहरासँग साझेदारी गर्न पाउँदा र नेट टिभीमार्फत सबै मोबाइल उपकरण र ल्यापटपहरूमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगिता उपलब्ध गराउन पाउँदा गर्व गर्छौं र आगामी दिनहरूमा यस्तै थप सहकार्यहरूको अपेक्षा गर्दछौं । हामी यो नेपाली खेलकुद प्रसारणमा कोसेढुङ्गा हुने आशा गर्दै हाम्रा प्रायोजकहरूलाई बिना अवरोध प्रशारण र उत्कृष्ट लगानीका अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं, जसले खष्भधष्लन भहउभचष्भलअभ लाई बढावा दिनेछु'।

नेटटिभीका अध्यक्ष मनोज अग्रवालले भने “नेपाल प्रथम पटक विश्वकप छनोट प्रतियोगितामा पुग्दा ति सबै खेलहरुका प्रत्यक्ष प्रसारण नेट टिभि एप र वेवसाईटमा निःशुल्क गर्न पाउँदा हामी गौरवान्वित छौं । नेट टिभि मार्फत् seamless high quality streaming नेपाली दर्शकले अनुभुति गर्न पाउँने छन् र यो नेपाली खेलकुद प्रसारणको इतिहासमा एउटा नयाँ कोशेढुंगा स्थापित हुनेमा हामी विश्वस्त छौं” । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved