क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा सन्यास घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 02:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यास लिएका छन् । आज पत्रकार सम्मेलन गरेर उनले सन्यासको घोषणा गरेका हुन् । उनले नेपालको लागि खेल्न थालेको १८ वर्षपछि सन्यास लिएका हुन् । 

पछिल्लो समय उनी टिममा परे पनि प्लेईङ ११ मा भने पर्ने गरेका थिएनन् । पछिल्लो समय टिममा धेरै योगदान गर्न नसकिएकोले आफु स्थान मात्र ओगटेर बस्नु उचित नहुने र नयाँलाई अवसर दिनु पर्ने भन्दै उनले सन्यास लिएको बताएका छन् । मल्लले नेपालको लागि ३७ एकदिवसीय खेल, ४५ टि २० अन्तराष्ट्रिय, ७७ लिस्ट ए खेल र ६८ टि २० खेल खेलेका छन्  

मल्लले सन्यास लिएसंगै नयाँ अध्याय सुरु भएको बताएका छन् । उनले पनि क्यानको व्यवस्थापन आउने संकेत गरेका हुन्  । दुई वर्ष अघि सन्यास लिएका पारस खड्का पनि हाल क्रिकेट संघको व्यवस्थापनमा आउने गरि तयारी गरिरहेका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved