एसिया कपमा डेब्यु गर्दै नेपाल, पहिलो खेल नै विश्व बरियताको १ नम्बर टिमसँग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 03:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्दै छ । पाकिस्तान र श्रीलंकामा हुने यो प्रतियोगिता भदौ १३ गतेदेखि सुरु हुँदै छ 

प्रतियोगितामा  ६ टिम सहभागी छन् । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत र पाकिस्तान रहेका छन् । समुह बिमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् 

प्रतियोगिताको पहिलो खेल नेपल्र पाकिस्तानबीच हुने छ । यो खेल भदौ १३ गते नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । हाल पाकिस्तान एक दिवसीय क्रिकेटमा विश्व कै १ नम्बर बरियताको टिम हो । पाकिस्तानले हालै अफगानिस्तानसँगको खेल शृंखला ३-० ले जितेपछि पाकिस्तान बरियताको शिर्ष स्थानमा पुगेको हो । यसै कारण नेपालले आफ्नो पहिलो खेल नै  विश्व बरियताको १ नम्बर टिमसँग खेल्ने भएको हो ।

नेपाल र भारतबीचको खेल भने भदौ १८ गते हुने छ । दुवै समुहको शिर्ष स्थानमा रहने २ टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । नेपालका प्रतिद्वन्द्वी बलिया भारत र पाकिस्तान रहेकोले नेपाललाई दोस्रो चरण पुग्न कठिन रहेको छ । हाल भारत एक दिवसीय क्रिकेट बरियताको तेस्रो स्थानमा रहेको छ । 

एसिया कप खेल्ने नेपाली टोली पाकिस्तान पुगिसकेको छ । सन्दिप लामिछाने भने आज त्यसतर्फ प्रस्थान गरेका छन् । नेपालले पाकिस्तानसंगको खेल मात्र पाकिस्तानमा खेल्ने छ । भारतसंगको खेल भने श्रीलंकामा हुने छ । भारतले पाकिस्तानमा खेल्न जान अस्विकार गरेपछि केहि खेल पाकिस्तान र केहि खेल श्रीलंकामा हुने भएको हो । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने छ । 

नेपालले काठमाडौँ मै सम्पन्न भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगीताको उपाधि जितेसंगै नेपालले एसिया कप खेल्ने अवसर पाएको हो। फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको थियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved