आईसीसीले भन्यो ' गुलशन झा प्रतिभाशाली खेलाडी हुन् , एसिया कपमा चम्किन सक्छन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 01:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एसिया कपमा नेपालका अलराउन्डर गुलशन झा चम्किन सक्ने बताएको छ । आफ्नो एक रिभ्युमा आईसीसीले गुलशनले विश्वकप छनौट प्रतियोगितामा बल र ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेकोले एसिया कपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्न सक्ने उल्लेख गरेको हो ।

विश्वकप छनौटमा आयरल्याण्ड विरुद्द गुलशनले बनाएको अर्ध शतकले लोअर अर्डरमा उनले रन बनाउन सक्ने क्षमता देखिईसकिएको आईसीसीले जनाएको छ । खेलको मध्य ओभरमा रनलाई कन्ट्रोल गर्ने जिम्मेवारी पनि गुलशन कै हुने आईसीसीको रिभ्युमा उल्लेख छ । उनले मध्य ओभर तिर १/२ विकेट लिईरहने देखिएको र एसिया कपमा पनि उनी चम्कन सक्ने एक प्रतिभाशाली खेलाडी रहेको आईसीसीले जनाएको छ । आईसीसीले हरेक देशबाट एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने एक एक खेलाडी चयन गरेकोमा नेपालबाट गुलशन परेका हुन् । यो सूचीमा भारतबाट बलर जसप्रित बुम्राह र पाकिस्तानबाट बाबर आजम छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्दै छ । पाकिस्तान र श्रीलंकामा हुने यो प्रतियोगिता भदौ १३ गतेदेखि सुरु हुँदै छ प्रतियोगितामा  ६ टिम सहभागी छन् । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत र पाकिस्तान रहेका छन् । समुह बिमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खेल नेपल्र पाकिस्तानबीच हुने छ । यो खेल भदौ १३ गते नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

पाकिस्तान क्रिकेट बोर्डले बुधबार हुने पाकिस्तान र नेपालबीच हुने खेलको लागि ६ प्रकारको टिकट निर्धारण गरेको छ । जसमा केहि समुहको टिकट पूर्ण रुपमा बिक्री भईसकेका छन् । सबै भन्दा महँगो टिकट १६.५० डलरको रहेको छ । यो भीआईपी टिकट हो । त्यसपछि ८.२५ डलरको प्रिमियम टिकट रहेको छ । त्यसपछि ३.३० डलरको फर्स्ट क्लास टिकट रहेको छ । सबैभन्दा सस्तो टिकट २.३१ डलर पर्ने जनरल टिकट रहेको छ । फर्स्ट क्लास टिकट र जनरल टिकट सबै बिक्री भईसकेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । प्रिमियम र भीआईपी टिकट भने अझै खरिद गर्न सकिने छ । पाकिस्तान क्रिकेट बोर्डको वेबसाइट मार्फत अनलाइन नै टिकट बुक गर्न सकिन्छ । भिसा, मास्टर कार्ड, युनियन पे लगायत ६ प्रकारका गेटवे मार्फत पैसा तिरेर टिकट खरिद गर्न सकिन्छ । 

हाल पाकिस्तान एक दिवसीय क्रिकेटमा विश्व कै १ नम्बर बरियताको टिम हो । पाकिस्तानले हालै अफगानिस्तानसँगको खेल शृंखला ३-० ले जितेपछि पाकिस्तान बरियताको शिर्ष स्थानमा पुगेको हो । यसै कारण नेपालले आफ्नो पहिलो खेल नै  विश्व बरियताको १ नम्बर टिमसँग खेल्ने भएको हो ।

नेपाल र भारतबीचको खेल भने भदौ १८ गते हुने छ । दुवै समुहको शिर्ष स्थानमा रहने २ टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । नेपालका प्रतिद्वन्द्वी बलिया भारत र पाकिस्तान रहेकोले नेपाललाई दोस्रो चरण पुग्न कठिन रहेको छ । हाल भारत एक दिवसीय क्रिकेट बरियताको तेस्रो स्थानमा रहेको छ । 

 नेपालले पाकिस्तानसंगको खेल मात्र पाकिस्तानमा खेल्ने छ । भारतसंगको खेल भने श्रीलंकामा हुने छ । भारतले पाकिस्तानमा खेल्न जान अस्विकार गरेपछि केहि खेल पाकिस्तान र केहि खेल श्रीलंकामा हुने भएको हो । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने छ । 

नेपालले काठमाडौँ मै सम्पन्न भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगीताको उपाधि जितेसंगै नेपालले एसिया कप खेल्ने अवसर पाएको हो। फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको थियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved