एसिया कपको उद्घाटन खेल बुधबार, यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानको 'प्लेइङ ११'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 09:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले एसिया कपको उद्घाटन खेलको लागि टिम सार्वजनिक गरेको छ । बुधबार एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन् । पाकिस्तानले नेपालसँगको खेलको लागि ११ सदस्यीय टिम घोषणा गरेको हो 

पाकिस्तानको टिमको कप्तानको रुपमा बाबर आजम रहेका छन् भने उपकप्तानमा शादाब खान र विकेट किपरमा मोहम्मद रिजवान रहेका छन् । त्यस्तै अन्य खेलाडीमा फकर जमान, इमान उल हक, सलमान अलि अगा, इफ्तिकार एहमद्, मोहम्मद नवाज, नसिम शाह, शाहिन शाह अफ्रिदी र ह्यारिस रौफ रहेका छन् । नेपालले भने बुधबार मात्र टिम तय गर्ने छ । 

एसिया कप प्रतियोगितामा  ६ टिम सहभागी छन् । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत र पाकिस्तान रहेका छन् । समुह बिमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् 

प्रतियोगिताको पहिलो खेल नेपाल पाकिस्तानबीच हुने छ । यो खेल भदौ १३ गते नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

हाल पाकिस्तान एक दिवसीय क्रिकेटमा विश्व कै १ नम्बर बरियताको टिम हो । पाकिस्तानले हालै अफगानिस्तानसँगको खेल शृंखला ३-० ले जितेपछि पाकिस्तान बरियताको शिर्ष स्थानमा पुगेको हो । यसै कारण नेपालले आफ्नो पहिलो खेल नै  विश्व बरियताको १ नम्बर टिमसँग खेल्ने भएको हो ।

नेपाल र भारतबीचको खेल भने भदौ १८ गते हुने छ । दुवै समुहको शिर्ष स्थानमा रहने २ टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । नेपालका प्रतिद्वन्द्वी बलिया भारत र पाकिस्तान रहेकोले नेपाललाई दोस्रो चरण पुग्न कठिन रहेको छ । हाल भारत एक दिवसीय क्रिकेट बरियताको तेस्रो स्थानमा रहेको छ । 

 नेपालले पाकिस्तानसंगको खेल मात्र पाकिस्तानमा खेल्ने छ । भारतसंगको खेल भने श्रीलंकामा हुने छ । भारतले पाकिस्तानमा खेल्न जान अस्विकार गरेपछि केहि खेल पाकिस्तान र केहि खेल श्रीलंकामा हुने भएको हो । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने छ । 

नेपालले काठमाडौँ मै सम्पन्न भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगीताको उपाधि जितेसंगै नेपालले एसिया कप खेल्ने अवसर पाएको हो। फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved