
टी–२० विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीच सेमिफाइनल खेलको टिकट अनलाइन मार्फत मात्र काट्न सकिने छ । सो खेलका लागि मैदानमा टिकट बुथ नरहने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानका अनुसार टिकट IME PAY APP बाट काट्न सकिने छ । जम्मा ३५ सय सिटको टिकट काटिने क्यानले जनाएको छ ।
नेपाल र युएइबीच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्न क्यानले अनुरोध समेत गरेको छ। साथै क्यान, क्रिकेटसँग सम्बन्धित सबै अतिथिलाई समेत मुलपानी मैदानको सो सेमिफाइनल खेलको पास वितरण नहुने क्यानले स्पस्ट पारेको छ ।
क्यानले बिहीबार जारी गरेको सूचनामा खेल घरमा नै बसेर हेर्न अनुरोध गरेको उल्लेख छ ।