
भारतले श्रीलंकालाई ३५८ रनको टार्गेट दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा भारतले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको हो ।
खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । भारतका लागि शुबमन गिल, विराट कोहली र श्रेयस ऐयरले क्रमश: ९२, ८८ र ८२ रन बनाए ।
श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ५ विकेट लिए ।
यो खेल जित्दा भारतले सेमिफाइनल पक्का गर्नेछ । पराजित हुँदा पनि उसको सेमिफाइनल सुरक्षित जस्तै नै छ ।
श्रीलंका भने लगभग बाहिरिएको छ । तर झिनो आशा बाँकी राख्न भने आजको खेल जित्नै पर्छ । हारले अंकगणित आशा पनि समाप्त हुनेछ ।
भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गतको आज ३३ औँ खेल हो ।