युएईविरुद्ध विगतको बदला लिँदै नेपाललाई विश्वकपमा पुग्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 09:18:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आज आगामी टी–२० विश्वकपमा छनोट हुन जित्नैपर्ने खेल खेल्दैछ । घरेलु मैदानमा भइरहेको आईसीसी टी–२० विश्वकप एसिया छनोटमा सेमिफाइनलमा नेपालले आज यूएईको सामना गर्दैछ । आजको खेल जितेमा नेपाल टी–२० विश्वकपमा छनोट हुनेछ । 

समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा नेपालको भेट युएईसँग पक्का भएको हो । 

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजासहित उपविजेतामा सिमित बन्यो । समूह ‘बी’ सबै तीन वटै खेल जितेर यूएई समूह विजेता बन्यो ।

नेपालले यूएईविरुद्द मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल खेल खेल्दा अर्को सेमिफाइनल खेल ओमान र बहराइनबीच टीयू मैदानमा हुनेछ ।

युएई नेपालको सदाबहार प्रतिस्पर्धी हो । पछिल्ला २ वर्षमा मात्रै यी दुइ देशबीच महत्वपूर्ण प्रतियोगितामा निर्णायक भिडन्त भएको छ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । 

८ महिनाअघि कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर नेपाल विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।

गत साता मात्रै नेपाल र युएईबीच भएको त्रिकोणात्मक शृंखलामा युएई विजयी भयो ।

आज पुनः आगामी विश्वकपमा के पुग्ने भन्ने नतिजाका लागि यी दुइ देशबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल जितेमा नेपालले अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved