मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 10:20:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बागबजारमा रहेको मेरीना इम्पेक्सले  नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन्।

टी - २० वर्ल्ड कपमा नेपाली क्रिकेट टीमको सहभागिताको सम्भावना रहेको बेला खेलाडीको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तमा चिनाएकोले क्रिकेट टीमलाइ सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफुहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए । विगत ४१ बर्षदेखी स्तरिय शर्टिङ,शुर्टिङ तथा तेलरिङ्ग सेवा दिदै आएको मेरीना इम्पेक्स भरपर्दो सेवाका लागी परिचित छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved