जित्नै पर्ने खेलमा नेपालले टस हार्यो, पहिले बलिङ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 10:36:40 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालले आज आगामी टी–२० विश्वकपमा छनोट हुन युएईसँगै जित्नैपर्ने खेल खेल्दैछ। खेलमा युएईले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ। यस संगै नेपालले पहिले बलिंग गर्ने छ । 

 आजको खेल जितेमा नेपाल टी–२० विश्वकपमा छनोट हुनेछ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा नेपालको भेट युएईसँग पक्का भएको हो । 

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजासहित उपविजेतामा सिमित बन्यो । समूह ‘बी’ सबै तीन वटै खेल जितेर यूएई समूह विजेता बन्यो ।

नेपालले यूएईविरुद्द मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल खेल खेल्दा अर्को सेमिफाइनल खेल ओमान र बहराइनबीच टीयू मैदानमा हुनेछ ।

युएई नेपालको सदाबहार प्रतिस्पर्धी हो । पछिल्ला २ वर्षमा मात्रै यी दुइ देशबीच महत्वपूर्ण प्रतियोगितामा निर्णायक भिडन्त भएको छ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । 

८ महिनाअघि कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर नेपाल विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो । गत साता मात्रै नेपाल र युएईबीच भएको त्रिकोणात्मक शृंखलामा युएई विजयी भयो ।

आज पुनः आगामी विश्वकपमा के पुग्ने भन्ने नतिजाका लागि यी दुइ देशबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल जितेमा नेपालले अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved