१३५ रन बनाए नेपालले टि २० विश्वकप खेल्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 12:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

टि २० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईए निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो।

युएइका लागि अरविन्दले सर्वाधिक ६४ रन बनाए भने मोहम्मद वासिमले २६ रन बनाए । बलिंगतर्फ नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए। कप्तान रोहित पौडेल र सोमपाल कामीले समान १-१ विकेट लिए । युएइका २ ब्याट्सम्यान रन आउट भएका थिए।

सन् २०२४ मा हुने टि २० विश्वकपमा सहभागी हुन नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यो खेलको विजेतले टि २० विश्वकप खेल्न पाउने छ । 

युएई नेपालको सदाबहार प्रतिस्पर्धी हो । पछिल्ला २ वर्षमा मात्रै यी दुइ देशबीच महत्वपूर्ण प्रतियोगितामा निर्णायक भिडन्त भएको छ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । 

८ महिनाअघि कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर नेपाल विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो । गत साता मात्रै नेपाल र युएईबीच भएको त्रिकोणात्मक शृंखलामा युएई विजयी भयो ।

आज पुनः आगामी विश्वकपमा के पुग्ने भन्ने नतिजाका लागि यी दुइ देशबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल जितेमा नेपालले अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved