युएईलाई हराउँदै दोस्रो पटक टि २० विश्वकपमा छनौट भयो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 02:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईलाई हराउँदै नेपाल सन् २०२४ मा हुने टि २० विश्वकपमा छनौट भएको छ । आज भएको टि २० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले युएईलाई ८ विकेटले हराएको हो ।  यससंगै नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागिता जनाउने छ । 

 खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईएले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो। युएइका लागि अरविन्दले सर्वाधिक ६४ रन बनाए भने मोहम्मद वासिमले २६ रन बनाए । बलिंगतर्फ नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए। कप्तान रोहित पौडेल र सोमपाल कामीले समान १-१ विकेट लिए । युएइका २ ब्याट्सम्यान रन आउट भएका थिए।

युएईले दिएको रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो ।  नेपालको आशिफ शेखले ५१ बलमा सर्वाधिक ६४ रन बनाएर नट आउट रहे । कप्तान रोहित पौडेलले २० बलमा ३४ रन बनाएर नट आउट रहे। त्यस्तै कुशल भुर्तेलले ८ बलमा ११ रन र गुलशन झाले २४ बलमा २२ रन  बनाए ।  

आजको जित संगै नेपालले सन् २०२२ को टि २० विश्वकपमा छनौट हुन नपाएको बदला समेत लिएको छ ।  २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । आज नेपालले त्यसको समेत बदला लिएको छ  ।

आजको जित संगै नेपालले दोस्रो पटक टि २० विश्वकप खेल्ने छ । नेपालले यस अघि सन् २०१४ मा टि २० विश्वकप खेलेको थियो । त्यस समय बंगलादेशसँग अंक बराबर भएपनि रङ रेटको आधारमा पछि पर्दै नेपाल दोस्रो चरणमा प्रवेश गर्न सकेको थिएँन ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved