१० वर्षपछि टि २० विश्वकपमा छनौट भयो नेपाल, अब कुन कुन देशसँग खेल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 02:22:17 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईलाई हराउँदै नेपाल सन् २०२४ मा हुने टि २० विश्वकपमा छनौट भएको छ । आज भएको टि २० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले युएईलाई ८ विकेटले हराएको हो ।  यससंगै नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागिता जनाउने छ । 

आजको जित संगै नेपालले दोस्रो पटक टि २० विश्वकप खेल्ने छ । नेपालले यस अघि सन् २०१४ मा टि २० विश्वकप खेलेको थियो । अब १० वर्षपछि नेपालले फेरि टि २० विश्वकप खेल्ने भएको हो ।

को को हुनेछन् विश्वकपमा नेपालको प्रतिस्पर्धी ?

सन् २०२४ को टि २० विश्वकप आगामी ४ जुन देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने छ । प्रतियोगितामा २० टिम सहभागी हुने छन्। २० टिमलाई ४ समुहमा विभाजन गरिएको छ । यसरी हरेक समुहमा ५ टिम रहने छन् । समुहमा रहेका सबै टिमले सबै टिमसँग १-१ खेल खेल्ने छन् । समुह चरणको खेल सकिएपछि हरेक समुहबाट शिर्ष २ मा रहने टिम अर्को चरण प्रवेश गर्ने छन् । यसरि कुल ८ टिम दोस्रो चरण प्रवेश गर्ने छन् । 

आगामी टि २० विश्वकप खेल्ने २० टिम मध्ये हालसम्म १८ टिमको टुंगो लागिसकेको छ । १८ टिममा आयोजकको हिसाबले अमेरिका र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै अघिल्लो टि २० विश्वकपको ८ शिर्ष टिम (अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजील्याण्ड, पाकिस्तान , साउथ अफ्रीका र श्रीलंका) रहेका छन् । त्यस्तै शिर्ष ८ मा नपरेका तर टि २० बरियतामा शिर्ष स्थानमा रहेका हिसाबले अफगानिस्थान र बंगलादेश पनि विश्वकपको लागि छनौट भईसकेका छन् । युरोप छनौटबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिक छनौटबाट पीएनजी, अमेरिका छनौटबाट क्यानडा, तथा एशिया छनौटबाट ओमान र नेपाल छनौट भएका छन् । अब बाँकि २ टिम अफ्रीका छनौटबाटआउने छन् । अफ्रीका छनौट प्रतियोगिता हुन बाँकि छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले समुह विभाजन गर्न भने बाँकि छ ।

युएईसँग लियो बदला 

आजको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईएले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो। युएइका लागि अरविन्दले सर्वाधिक ६४ रन बनाए भने मोहम्मद वासिमले २६ रन बनाए । बलिंगतर्फ नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए। कप्तान रोहित पौडेल र सोमपाल कामीले समान १-१ विकेट लिए । युएइका २ ब्याट्सम्यान रन आउट भएका थिए।

युएईले दिएको रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो ।  नेपालको आशिफ शेखले ५१ बलमा सर्वाधिक ६४ रन बनाएर नट आउट रहे । कप्तान रोहित पौडेलले २० बलमा ३४ रन बनाएर नट आउट रहे। त्यस्तै कुशल भुर्तेलले ८ बलमा ११ रन र गुलशन झाले २४ बलमा २२ रन  बनाए ।  

आजको जित संगै नेपालले सन् २०२२ को टि २० विश्वकपमा छनौट हुन नपाएको बदला समेत लिएको छ ।  २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । आज नेपालले त्यसको समेत बदला लिएको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved