२ क्रिकेट खेलाडीले मात्र पाउने भए डिशहोमले घोषणा गरेको नगद पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 03:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले घोषणा गरेको नगद पुरस्कार २ जना क्रिकेट खेलाडीले मात्र पाउने भएका छन् । नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोमले खेलाडीका लागि पुरस्कार घोषणा गरेको थियो ।

बुधबार डिशहोमको डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार घोषणा गरेको थियो। डिशहोमले तोकेको मापदण्ड अनुसार २ खेलाडीले मात्र नगद पुरस्कार पाउने भएका हुन् ।

आज युईए विरुद्दको खेलमा अर्धशतक बनाएका आशिफ शेखले १ लाख र ३ विकेट लिएका कुशल मल्लले १ लाख डिशहोमको तर्फबाट पाउने छन्  । डिशहोमले ३५ रन बनाएमा ५० हजार दिने जनाएकोमा रोहित पौडेलले ३४ रन मात्र बनाएकोले उक्त नगद पुरस्कार पाउनबाट १ रनले मात्र बन्चित भए । आज नेपालले युएईलाई हराउदै सन् २०२४ मा हुने टि २० विश्वकपमा स्थान बनाएको छ । 

 डिशहोमले पुरस्कार अन्तर्गत आगामी खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ पाउने बताएको थियो । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।  आजको खेलमा २ खेलाडीले मात्र डिशहोमले तोके अनुसारको प्रदर्शन गरेर नगद पुरस्कार पाएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved