
सरकारले यस अघि क्रिकेट खेलाडीलाई दिने भनेको नगद पुरस्कार निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले सरकारले यस अघि घोषणा गरेको नगद पुरस्कार निकासा भएको र क्रिकेट खलाडी तथा प्रशिक्षकलाई पुग्ने चरणमा पुगेको जानकारी दिएका हुन् ।
केहि कानुनी समस्याका ढिलाई भए पनि अब भने खेलाडी र प्रशिक्षकले पुरस्कार छिट्टै पाउने सदस्य सचिव घिसिङले बताए । सदस्य सचिव घिसिङका अनुसार वैशाखमा भएको एसीसी मेन्स प्रिमियर कप जितेकोमा सरकारले घोषणा गरेको ७९ लाख, अण्डर १९ विश्वकप पुगेकोमा सरकारले घोषणा गरेको ४६ लाख र चैत्रमा सम्पन्न क्रिकेट लिग २ मा शिर्ष ३ मा रहदै विश्वकप छनौट खेल्ने अवसर पाएकोमा घोषणा भएको ३२ लाख ५० हजार गरि कुल १ करोड ५७ लाख रुपैयाँ निकासा भएको छ ।
यस अघि खेलाडीहरुले नगद पुरस्कार घोषणा भए पनि नपाएको गुनासो गर्दै आएका थिए ।