
साउथ अफ्रीका भारतमा जारी एक दिवशीय क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शनिवार सम्पन्न खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएसँगै साउथ अफ्रीका सेमिफाइनलमा प्रवेश गरेको हो ।
आजको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिंग गरेर ५० ओभरमा ६ विकेटको क्षतिमा ४०१ रन बनाएको थियो । ४०२ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले आक्रमण ब्याटिंग गरेको थियो । तर वर्षाले खेल प्रभावित भए पछि पाकिस्तान डिएल मेथडबाट विजयी भएको हो । २५.३ ओभरमा वर्षाको कारण खेल रोकिएको थियो । त्यस समय पाकिस्तानले १ विकेटको क्षतिमा २०० रन बनाएको थियो । त्यसपछि खेल हुन नसकेपछि पाकिस्तान डिएल मेथड अनुसार २१ रनले विजयी भएको हो ।
आज पाकिस्तानले जितेसंगै कम्तिमा १२ अंक हुने टिमले सेमिफाइनल खेल्ने पक्का भएको छ । हाल साउथ अफ्रीकाको १२ अंक रहेकोले २ खेल अगावै साउथ् अफ्रीका सेमिफाइनलमा पुगेको हो । भारत यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । २ खेल खेल्न बाँकि हुँदा भारतको १४ अंक रहेको छ ।
अब २ टिम मात्र सेमिफाइनलमा प्रवेश गर्न सक्ने छन् । आजको खेलमा जित निकालेसंगै पाकिस्तानको पनि सेमिफाइनल प्रवेश गर्ने सम्भावना भने कायमै छ । त्यसको लागि पाकिस्तानले आफ्नो अन्तिम खेल जित्नु पर्ने हुन्छ र अन्य टिमको नतिजामा पनि पनि भर पर्नु पर्ने हुन्छ । अन्य खेलको नतिजा आफ्नो अनुकुल आएमा पाकिस्तानलाई आफ्नो अन्तिम खेल जितेर १० अंक ल्याए पनि सेमिफाइनल प्रवेशमा पर्याप्त हुन सक्छ । तर त्यसको लागि अन्य टिमको नतिजामा भने भर पर्नु पर्ने हुन्छ ।