विश्वकप एसिया छनोटको फाइनल खेल आज, टिकट बिक्रीको आधा रकम भूकम्पपीडितलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 08:29:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गतको फाइनल खेल आज आइतबार हुँदै छ । आज उपाधिको लागि नेपाल र ओमान भिड्न लागेका हुन् । खेल टियु क्रिकेट मैदान किर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ । 

नेपालले सेमिफाइनलमा युएईलाई हराएर फाइनल प्रवेश गरेको हो भने ओमानले बहराइनलाई हराएर फाइनल प्रवेश गरेको हो । सेमिफाइनल जित्ने २ टिम सन् २०२४ मा हुने टि २० विश्वकपको लागि छनौट हुने प्रावधान अनुसार आज फाइनल खेल्ने नेपाल र ओमान  सन् २०२४ मा हुने टि २० विश्वकपको लागि छनौट भईसकेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ ।  फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्ने क्यानले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved