क्रिकेट खेलाडीलाई आज नगद पुरस्कार वितरण गर्दै अर्ना बियर, कोच र स्टाफलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 09:40:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्ना बियरले नेपाली क्रिकेट खेलाडीको लागि घोषणा गरेको प्रोत्साहन रकम आज सोमबार वितरण गर्ने भएको छ । कम्पनीले आज साँझ ५:३० बजेबाट औपचारिक कार्यक्रम गरेर नेपाल क्रिकेट टिमका खेलाडीलाई घोषणा गरिएको प्रोत्साहन रकम वितरण गर्ने र क्रिकेट टिमका कोच तथा स्टाफलाई सम्मान तथा  मायाको चीनो प्रदान गर्ने जनाएको हो ।

अर्ना बियरले खेलाडीको प्रदर्शनको आधारमा नगद पुरस्कारको घोषणा गरेको थियो । नगद पुरस्कारको हिसाब मिलाउने समर्थलाई पनि अर्नाले गिफ्ट ह्याम्परको घोषणा गरेअको थियो । आजको कार्यक्रममा सो को लागि पनि लक्की ड्र हुने अर्नाले जनाएको छ ।

अर्ना बियरका अनुसार यस कार्यक्रमको फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिने छ । यो विशेष समारोह राष्ट्रिय टिमका खेलाडीहरूको कठिन परिश्रम, समर्पण, र उपलब्धिहरूको मनाउनको लागि महत्वपूर्ण पल हुने कम्पनीले जनाएको छ। आईसीसी टि २० विश्वकपको छनोटको चरणमा राष्ट्रिय टिमका खेलाडीहरूको उत्कृष्ट उपलब्धिहरूको उत्सव मनाउनका लागि र सम्पूर्ण टिमको मनोबल बढाउनका निम्ति यो कार्यक्रम गर्न लागेको अर्ना बियरले प्रष्ट पारेको छ।

काठमाडौँमा सम्पन्न प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आगामी टि २० विश्वकपमा स्थान बनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved