
एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भईरहको श्रीलंका र बंगलादेशबीचको खेलमा हालसम्म कै दुर्लभ घटना भएको छ। खेलमा श्रीलंकाका एन्जलो म्याथ्युज 'टाइम्ड आउट' हुने विश्व कै पहिलो क्रिकेट खेलाडी बनेका छन्। उनी 'टाइम्ड आउट' भएर आउट हुने विश्व कै पहिलो क्रिकेट खेलाडी बनेका हुन्।
भएको के हो ?
टस हारेर श्रीलंकाले पहिले ब्याटिंग गरिरहेको थियो। २४.२ ओभरमा श्रीलंकाको तेस्रो विकेट झर्यो । त्यसपछि श्रीलंकाका एन्जलो म्याथ्युज क्रिजमा ब्याटिंग गर्न आए । ब्याटिंग सुरु गर्नको लागि जमिन ढोगे । ब्याटिंग सुरु गर्नै लाग्दा उनले गलत हेलमेट (फित्ता बिग्रेको हेलमेट) लिएर आएको चाल पाए। फित्ता बिग्रेको हेलमेट लिएर आएको र त्यो हेलमेटको साटो अर्को हेलमेट लिएर आउनको लागि उनले समय माग गरे । तर बंगलादेशले समयमा ब्याटिंग गर्न तयार नभएको भन्दै आउटको लागि अम्पायरसँग आग्रह गर्यो । अम्पायरले पनि उनलाई आउट दिए । उनी 'टाइम्ड आउट' भए । इएसपीएन क्रिकइन्फोका अनुसार एउटा विकेट झरेको २ मिनेट भित्र अर्को ब्याट्सम्यान ब्याटिंग गर्नको लागि क्रिजमा तयार भइसक्नु पर्ने नियम रहेको छ । तर उनी ब्याटिंग गर्न तयार नभएकोले बंगलादेशले आउटको लागि अपिल गरेको र अम्पायरले निगम अनुसार नै उनलाई आउट दिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।
इएसपीएन क्रिकइन्फोको अनुसार अन्तराष्ट्रिय क्रिकेटमा कुनै पनि खेलाडी 'टाइम्ड आउट' भएको यो नै पहिलो पटक हो। र यो बिर्सन लायक दुर्लभ रेकर्ड श्रीलंकाका एन्जलो म्याथ्युजको नाममा रहने भएको छ ।