अर्ना बियरले क्रिकेट खेलाडीलाई वितरण गर्यो नगद पुरस्कार, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 06:01:11 PM मा प्रकाशित

laxmi sunrise bank

अर्ना बियरले नेपाली क्रिकेट खेलाडीको लागि घोषणा गरेको प्रोत्साहन रकम आज सोमबार वितरण गरेको छ । कम्पनीले आज साँझ  औपचारिक कार्यक्रम गरेर नेपाल क्रिकेट टिमका खेलाडीलाई घोषणा गरिएको प्रोत्साहन रकम वितरण गरेको हो । अर्ना बियरले क्रिकेट टिमका कोच तथा स्टाफलाई सम्मान तथा  मायाको चीनो प्रदान गरेको छ ।

अर्ना बियरले खेलाडीको प्रदर्शनको आधारमा नगद पुरस्कारको घोषणा गरेको थियो । नगद पुरस्कारको हिसाब मिलाउने समर्थलाई पनि अर्नाले गिफ्ट ह्याम्परको घोषणा गरेको थियो । आजको कार्यक्रममा सो को लागि पनि लक्की ड्र भएको छ। लक्की ड्र मा विजेता भएकालाई अर्नाले नै सम्पर्क गर्ने कम्पनीले जनाएको छ।

काठमाडौँमा सम्पन्न प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आगामी टि २० विश्वकपमा स्थान बनाएको छ ।

हेर्नुस् कसले कति रकम पाए ? 

सम्पूर्ण टिमको लागि चेक : १८ लाख ७७ हजार  

कुशल भुर्तेल : ५ लाख ३ हजार 

कुशल मल्ल : २ लाख ९० हजार 

आशिफ शेख : २ लाख ३९ हजार 

अविनाश बोहरा : २ लाख २४ हजार 

करण केसी : २ लाख २ हजार ५ सय 

सन्दिप लामिछाने : १ लाख ८२ हजार 

रोहित पौडेल: १ लाख ६३ हजार 

सोमपाल कामी : १ लाख ४३ हजार 

गुलशन झा : १ लाख ४१ हजार ५ सय 

विवेक यादव : १ लाख ४१ हजार 

सन्दिप जोरा : ७० हजार 

दिपेन्द्र सिंह ऐरी: टोकन अफ लभ

ललित नारायण राजवंशी : टोकन अफ लभ

प्रतिस जिसी : टोकन अफ लभ

विनोद भण्डारी : टोकन अफ लभ 

कोच र सम्पूर्ण सपोर्ट स्टाफ : टोकन अफ लभ  

कमेन्टेटर एन्ड्रयु लेनर्ड:  टोकन अफ लभ   

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved