क्रिकेट संघ क्यानद्वारा विश्वकपमा छनौट क्रिकेट टोलीलाई नगद पुरस्कारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 06:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ क्यानले टि २० विश्वकपमा छनौट हुन सफल भएकोमा राष्ट्रिय क्रिकेट टोलीलाई रु.५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ। आज कार्तिक २० गते सम्पन्न केन्द्रीय कार्य समिती बैठकले यो निर्णय गरेको हो।

क्यानका सचिव पारस खड्काका अनुसार आजको क्यानको कार्यसमितिको बैठकले निम्न ४ निर्णय गरेको छ ।

 निर्णय नं. १ - ICC Men's T20 World Cup Final Asia मा उत्कृष्ट खेल प्रद्धर्शन गर्दै सन २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा संचालन हुने ICC T20 Cricket World Cup क्रिकेट प्रतियोगितामा सहभागिताका लागि छनौट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई रु.५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरियो ।

निर्णय नं. २ - हालै मलेशियामा सम्पन्न ACC Men's U19 Premier Cup क्रिकेट प्रतियोगितामा विजयी भई यहि जनवरी २०२४ मा संचालन हुने U19 Asia Cup मा छनौट हुन सफल यु १९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रोत्साहन स्वरुप जनही रु ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरियो।

निर्णय नं. ३ - Cricket Hong Kong China को आयोजनामा यहि नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरुका महिला क्रिकेट टीमहरुविच संचालन हुने Hong Kong Women's T20I Series मा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय गरियो ।

निर्णय नं. ४ - ICC Men's T20 Cricket World Cup Final Asia प्रतियोगिताको फाईनल खेलमा बिक्री भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशतले हुन आउने रकम हालै जाजरकोटमा गएको भुकम्पबाट पिडितहरुको उद्धारको लागि सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved