क्रिकेट टिमका हरेक खेलाडीलाई १३ लाख रुपैयाँ पुरस्कार दिन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 08:58:09 PM मा प्रकाशित

laxmi sunrise bank

  आगामी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने  निर्णय गरेको हो । 

बैठकले १५ जना खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापकसहित १९ जनालाई नगद पुरस्कार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषदले सरकारलाई १३ लाख रुपैयाँको दरले पुरस्कार दिन सिफारिस गरेको हो । अब यसबारे मन्त्रिपरिषदले निर्णय गर्नु पर्ने छ 

यही कात्तिक १७ गते मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved