सेमिफाइनलमा अष्ट्रेलिया र साउथ अफ्रीका खेल्ने पक्का, को बन्ला भारतको प्रतिद्वन्द्वी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 08:44:27 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी एकदिवशीय आइसीसी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमामा अष्ट्रेलिया र साउथ अफ्रीका भिड्ने भएका छन् । मंगलबार सम्पन्न खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेपछि अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो 

अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहने टिमले दोस्रो सेमिफाइनल खेल्ने नियम रहेकोमा दोस्रो सेमिफाइनलमामा अष्ट्रेलिया र साउथ अफ्रीका भिड्ने भएका हुन्। हाल यी दुवै टिमको समान १२ अंक छ  यी दुवै टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकि भएपनि ति खेलको नतिजा जे सुकै भए पनि र अन्य खेलको नतिजा जे सुकै आए पनि यी दुई टिम एक आपसमा दोस्रो र तेस्रो स्थानमा रहिरहेका छन् ।  सोहि कारण यी दुई टिमले दोस्रो सेमिफाइनल खेल्ने पक्का भएको हो । 

शिर्ष स्थानमा रहेको भारतको १६ अंक रहेको छ । हालसम्म भारत , अष्ट्रेलिया र साउथ अफ्रीकाले सेमिफाइनलमा स्थान बनाएका छन् । पहिलो सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो टिम खेल्ने छन् । सेमिफाइनलमा भारतको प्रतिद्वन्द्वी भने टुंगो लाग्न बाँकि छ । 

हाल न्युजील्याण्ड, अफगानिस्तान र पाकिस्तान ८ अंकमा छन् । यी मध्ये एक टिम अंक तालिकाको चौथो स्थानमा रही सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलमा भारतको प्रतिद्वन्द्वी पनि यी ३ मध्ये १ टिम हुने सम्भावना छ ।  न्युजील्याण्ड, अफगानिस्तान र पाकिस्तानले आ-आफ्नो अन्तिम खेल खेल्न बाँकि छ । २ खेल बाँकि रहेको नेदरल्याण्डले पनि आफ्नो बाँकि दुवै खेल जितेमा ८ अंक पुर्याउन सक्छ । यद्यपि नेदरल्याण्ड नेट रनरेट नेगेटिभ रहेको हुँदा उसको सेमिफाइनलमा स्थान बनाउने सम्भावना देखिदैन । साथै न्युजील्याण्ड, अफगानिस्तान र पाकिस्तान मध्ये एक टिमले पनि आफ्नो खेल जितेमा नेदरल्याण्डको गणितीय रुपमा मात्र कायम रहेको सेमिफाइनल संभवाना सकिन्छ 

यस हिसाबमा न्युजील्याण्ड, अफगानिस्तान र पाकिस्तान मध्ये एक टिमले सेमिफाइनलमा स्थान बनाउने छन् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved