
सरकारले ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको जानकारी दिइन् ।