पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमको राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2023 | 07:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बाबर आजमले क्रिकेटको सबै फर्म्याटबाट पाकिस्तानको कप्तानबाट राजिनामा दिएका छन्।  जारी एकदिवसीय क्रिकेट विश्वकपमा निराशाजनक प्रदशनपश्चात चौतर्फी आलोचना खेपेका बाबर आजमले तीनै ढाँचाबाट कप्तानको पद त्यागेका हुन्। 

पाकिस्तानको विश्वकप २०२३ को खराब अभियानपछि उनले कप्तान पदबाट राजीनामा दिएका छन् । पाकिस्तानको बिर्सनेबल विश्वकप २०२३ को अभियान पछि, बाबर आजमले तत्कालै तीनै ढाँचाबाट कप्तानको पद त्यागेका छन्। 

बाबरले सोसल मिडिया प्लेटफर्म एक्स मा एक पोस्ट मार्फत राजीनामाको घोषणा गरेका हुन्। "आज म सबै ढाँचामा पाकिस्तानको कप्तानको पद छोड्दैछु। यो एक कठिन निर्णय हो तर मलाई लाग्छ कि यो कलको लागि सही समय हो," उनले लेखेका छन्, "म यहाँ छु, नयाँ कप्तान र टोलीलाई मेरो अनुभव र समर्पणले समर्थन गर्छु। मलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएकोमा म पाकिस्तान क्रिकेट बोर्डलाई हार्दिक धन्यवाद दिन चाहन्छु।"

सबै फर्म्याटको क्रिकेटबाट राजिनामा दिएपनि पाकिस्तानको टिमबाट भने खेललाई निरन्तरता दिने उनले लेखेका छन, "म तीनवटै ढाँचामा खेलाडीको रूपमा पाकिस्तानको प्रतिनिधित्व गरिरहनेछु।"सन् २०२३ को एकदिवसीय विश्वकपको खराब अभियानपछि बाबर आजम सहित पाकिस्तानी टिमको चर्को आलोचना भएको थियो। जारी एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्न असफल भएको पाकिस्तानको टिम नौ खेलमा चारवटा मात्रै जित निकालेको थियो। 

पाकिस्तानका लागि तेस्रो उच्च ४० को औसत र ८२.९० को स्ट्राइक रेटमा बाबरले जारी विश्वकपमा नौ खेलमा ३२० रन बनाए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved