आइसिसी यु-१९ विश्वकप क्वालिफायरका लागि नेपाली टोलीको छनौट गरिएको छ। एसिया क्षेत्रको छनोटका लागि दोस्रो चरणमा १८ सदस्यीय नेपाली युवा टोलीको छानिएको जनाइएको छ।
गत सोमबारदेखि शनिबारसम्म किर्तिपुर मैदानमा भएको लिगको आधारमा खेलाडी छनौट गरिएको हो। यसअघि ४० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसैबाट छनौट गरेर १८ जना छानिएको हो।
राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेखलगायत खेलाडी खेलाडीहरु छनोटमा परेका छन्। आइसीसीका एसियन चिफ डेपलपमेन्ट अफिसर भेनकटापती राजु, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र र यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दासको संयुक्त छनोट समितिले १८ खेलाडी छानेका हुन्। केहि दिनको क्याम्पपछी १४ १४ सदस्यीय अन्तिम टोली र ४ वैकल्पिक खेलाडीको टुङ्गो लगाइने बताइएको छ।
छनोट भएका १८ खेलाडीको नाम
सन्दीप लामिछाने
अनिल कुमार शाह
किशोर महतो
सुशान्त सिंह थापा
विक्रम कुमार भुसाल
प्रकाश केसी
पवन सराफ
सन्दीप जोरा
रिजन ढकाल
प्रनित थापा मगर
शहाब आलम
रसिद खान
मोहम्मद आसिफ शेख
सन्दीप सुनार
ललित नारायण राजवंशी
रोहित कुमार पौडेल
आदिल खान
दीपेन्द्र सिंह ऐरी