भारतीय टिम विरुद्द नेपालको लगातार दोस्रो जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 06:49:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले भारतको बरोडालाई २७ रनले पराजित गरेको हो

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ राजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो । एक सय ५७ रनको विजयी लक्ष्य पछयाउने क्रममा भारतको बरोडाले सवै विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो । 

बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए । उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए ।  बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले एक एक  विकेट लिए । 

यसैगरी बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए । 

बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई दुई तथा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved