नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को सेमिफाइनलमा पराजित हुँदै आउट भएको छ । आज भएको सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना समाप्त भएको छ ।
नेपाल युएईसँग ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जम्मा ११९ रन मात्रै बनायो ।
१२० रनको सामान्य लक्ष्य पछ्याएको युएईले १७.२ ओभरमा लक्ष्य भेट्टायो ।
नेपालले गत वर्ष छनोटको फाइनलमा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।