क्लिनफिड लागु नभए आन्दोलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 11:49:04 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न संघ संस्थाहरुले तोकिएको समय मै क्लिन फिड लागु नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल (आन) ले कात्तिक ८ गतेदेखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाउने कार्य सुरु नभए संयुक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।

आज बसेको तीनै संघको संयुक्त वैठकले सरकारको तयारी अनुसार तोकिएकै समयमा क्लिनफिड लागु नहुने आंशका गर्दै संघर्षको चेतावनी दिएको हो ।  मिडिया एलाईन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारका अनुसार आजको बैंठकमा डाउनलिंक अनुमति लिएका टेलिभिजनहरुलाई विज्ञापनरहित प्रसारण गर्न आवश्यक पर्ने उपकरण आयातमा रहेको प्रतिकूलता तत्काल हटाई अनूकूल वातावरण बनाउन सरकारसँग माग गर्ने निर्णय भएको छ  । 

त्यस्तै बैठकले विज्ञापन बोर्ड तत्काल गठन गर्न समेत माग गरेको छ । विज्ञापन ऐन २०७६ कार्यान्वयनको लागि तत्काल विज्ञापन बोर्ड गठन गर्न सरकारसँग आग्रह गरेको हो । 

त्यस्तै बैठकले क्लिनफिड लागुहुनु भन्दा अगाडी विदेशी डिटिएचले नेपालमा गरिरहेको अवैध प्रसारण रोक्न प्रभावकारी कदम चाल्न, इन्टरनेट माध्यमबाट डाउनलिंक अनुमति नलिएका टेलिभिजन ज्यानल समेत प्रसारण भएरहेकोले त्यसलाई रोक्न, इन्टरनेटको माध्यमबाट हुने विज्ञापनको नियमन समेत विज्ञापन बोर्डमार्फत नै हुने ब्यबस्था गर्न माग गरेको छ ।

बैठकले इन्टरनेटका माध्यमबाट टेलिभिजन सिग्नल वितरण गरिरहेका संस्थाहरुले केबल अपरेटरहरुले जस्तै अनुमति लिनु पर्ने र केबल इन्टरनेटको शुल्क स्पष्ट गर्नु पर्नेमा सो नगरेको पाइएकाले शुल्कहरु स्पष्ट गर्न समेत माग गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved