डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 09:33:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिटिएच  सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ। अमेरिकी क्वालिटी स्ट्याण्डर्ड रेजिटेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई आईएसइ 9001:2015 प्रदान गरेको कम्पनीले जनाएको छ। 

स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय  इन्टरनेट सेवा संचालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ । 

कम्पनीले भनेको छ 'नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवा लाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ । '

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दानै कम्पनीले आईएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ । अबको दिनमा अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा लाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी वनाउँदै लैजाने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved