टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हरायो, किनबेच नगर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 09:04:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्नो १० लाख बराबरको रिचार्ज कार्ड हराएकोले ति कार्ड खरीद बिक्री नगर्न आग्रह गरेको छ । टेलिकमको  वायरलेस सेवा निर्देशनालय बबरमहलले कम्पनीको रु. ५० दरको सि.नं. 1122120013780001 देखि सि.नं. 1122120013800000 सम्मका १९ हजार ९९९ थान रिचार्ज कार्ड हराएको जनाएको हो ।

यी रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्न सम्पूर्ण ग्राहक तथा वितरकहरूमा कम्पनीले अनुरोध गरेको छ। यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन समेत कम्पनीले आग्रह गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved