अब मासिक १०० रुपैयाँमा नै डिशहोम हेर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 02:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । यस संगै अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने छन्। 

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडि च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved