टेलिकमले ल्यायो १ जीबीपीएस स्पिड भएको इन्टरनेट प्याकेज, कति पर्छ शुल्क ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 05:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यस अघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

हाल कम्पनीले जीपोन (GPON) प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेट मध्ये सवैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन (XGPON) प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उपलब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ ।

प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ। प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।

टेलिकमका अनुसार दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। ५०० एमबीपीएसको 'प्रिमियम एफटीटीएच ५०० एमबीपीएस' प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस' प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरिएको टेलिकमले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved