नेपाल टेलिकमको सोलार प्यानलमा क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 04:53:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुऱ्याउने कार्य निरन्तर रुपमा जारी रहेको जनाएको छ । टेलिकमले पछिल्लो समय रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा रहेको आफ्नो सोलार प्यानलमा क्षति पुर्याईएको जनाएको छ ।

नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुऱ्याइएको टेलिकमले उल्लेख गरेको छ।  नेपाल टेलिकमको कुरेली साइटमा सोलार प्यानलमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुऱ्याइएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार उक्त घटनापछि सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोऱ्याउने सहमति भएको छ ।
भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने समेत टेलिकमले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved