आर्थिक कुशासनको पराकाष्ट देखियो, आजियटाको सीइओलाई पत्र काट्नु पर्छ: डा. वाग्ले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 12:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा आजियटाको ग्रुप सीइओलाई पत्र काटेर जवाफ माग गर्नु पर्ने बताएका छन् । आजको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले शेयर कह्रिअद बिक्रीमा आर्थिक कुशासनको पराकाष्ट देखिएकोले आजियटाको ग्रुप सीइओलाई पत्र काटेर जवाफ माग गर्नु पर्ने बताएका हुन्।

उनले यसमा खुलेआम भ्रष्ट्राचार भएको बताउंदै यस्तो गतिविधिले नेपालमा विदेशी लगानी निरुत्साहित हुने दाबी गरे । यसले नेपालमा लगानीको माहौल नै बिगार्ने उनको धारणा थियो । शेयर किनबेच हुँदा अनुमति नलिएको, जानकारी नदिएको, कर फर्स्योट विषय बाझिएको, सम्पति सुद्धिकरणमा अनुसन्धान गर्नु पर्ने उनको माग छ । डा. वाग्लेले यी विषय बुझ्नलाई आजियटाको ग्रुप सीइओसँग जवाफ माग गर्नु पर्ने बताएका हुन् ।

एनसेलको शेयर खरिद बिक्री प्रकरणमा विभिन्न प्रश्न उठेपछि आज अर्थ समितिले प्राधिकरणका अध्यक्षलाई बोलाएर यसबारे छलफल गरेको हो । 

 एनसेलको माउ कम्पनी आजियटाले एनसेलको ८० प्रतिशत शेयर स्वमित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचेको हो। रिनाल्ड होल्डिंग लिमिटेडको नाममा रहेको एनसेलको स्वामित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचिएको हो। यो कम्पनी २ महिना अघि मात्र अर्थात् २६ सेप्टेम्बर २०२३ मा दर्ता भएको थियो  । यस कम्पनीमा एक संचालक र एक सचिव मात्र छन्  । संचालकको रुपमा सतिशलाल आचार्य छन्। कम्पनीको सम्पूर्ण शेयर सतिशलाल आचार्यसंगै रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved