एनसेलको सेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 05:38:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले  एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले विस्तृत अनुसन्धान नहुँदासम्म एनसेलको सेयर खरिदबिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न (रोक्न) निर्देशन दिएको हो ।

बैठकले सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ । 

समितिको बैठकमा भनिएको छ । ‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलको अवधिभरका लागि यस सेयर खरिद बिक्री कारोबारसम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’। 

यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ । एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । साथै ४८ घण्टा भित्र यसबारे सरकारको धारणा सर्वजनिक गर्न समितिले निर्देशन दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved