एनसेलले प्राधिकरणलाई शेयर खरिद बिक्रीको विवरण पठायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 12:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

दूरसञ्चार सेवा प्रदायक एनसेल आजिएटाले  नेपाल दूरसञ्चार प्राधिकरणलाई शेयर खरीद-बिक्रीसम्बन्धी दस्तावेजहरू पठाएको छ । कम्पनीले बुधबार प्राधिकरणलाई  आफ्नो ८० प्रतिशत शेयर खरीद-बिक्रीसम्बन्धी दस्तावेजहरू पठाएको हो।

 प्राधिकरणका प्रवक्त्ता सन्तोष पौडेलले एनसेलले पत्र पठाएको पुष्टि गरे । 

प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न एनसेललाई पत्र पठाएको थियो । प्राधिकरणले मंसिर २५ मा एनसेललाई दोस्रो पत्र पठाई कागजपत्र माग गरेको थियो । एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिसँगै संसदीय समितिहरूले पनि प्राधिकरणसँग काज्गत माग गरिरहेका थिए ।

सरकारले नै कम्पनीको शेयर खरिद बिक्री प्रक्रिया छानबिन गरिरहेको छ ।  सरकारले  टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा समिति गठन गरेको छ।     सरकारले यही मङ्सिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved