‘उधारो’मा कति दिन धानिएला नेपालको इन्टरनेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 03:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कारण नेपालको इन्टरनेट सेवा जोखिममा परेको छ । मन्त्रालयले इन्टरनेटको अन्तराष्ट्रिय ब्यान्डविथ आपूर्तिकर्ता भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई नेपाली कम्पनीले तिर्नुपर्ने शुल्क भूक्तानीको अनुमति नदिँदा ९ महिनादेखि नेपालमा उधारोको भरमा ब्यान्डविथ आइरहेको छ ।

भारतीय अपस्ट्रिम सेवा प्रदायकले पैसा नतिरे डिसेम्बर ३१ बाट सेवा दिन नसकिने चेतावनी नै दिएका थिए । तर, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले लाइन नकाटिदिन पत्र नै पठाएको छ । शुल्क भूक्तानीबारे सरकारी तहमा छलफल भइरहेको यो राष्ट्रिय बहसको विषय बनेकाले तत्काल लाइन नकाट्न आइस्पनाले अनुरोध गरेको छ । 

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले ब्यान्डविथ लिएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई तिर्नुपर्ने शुल्कका लागि सञ्चार मन्त्रालयले ९ महिनादेखि स्वीकृति दिएको छैन । जसका कारण नेपालका अधिकांश इन्टरनेट सेवा उधारोमा चलिरहेका छन् । मन्त्रालयले सेवा प्रदायक कम्पनीहरूको विदेशी मुद्रा सटही सुविधा रोकिदिएका कारण कतिबेला इन्टरनेट ठप्प हुन्छ भन्ने टुंगो छैन । 

आइस्पानले विदेशी मुद्रा सटहीको स्वीकृतिका लागि माग गर्दै आएको छ । इन्टरनेट सेवाप्रदायकले आफुले बुझाउनुपर्ने सरकारी बक्यौता भुक्तानी नगरेको भन्दै मन्त्रालयले विदेशी मुद्रा सटहीको स्वीकृति दिन आनाकानी गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved