दुर्गम आठविसकोटमा पहिलो पटक इन्टरनेट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 04, 2017 | 05:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ।

रुकुम (पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको एक लाख भन्दाबढीको लगानीमा पहिलो पटक नगरपालिकाको कार्यालय तथा वडा नं ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो।

एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ।

नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved