
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले युरिपियन युनियन ईयुको कालोसुचीबाट नेपाली उड्डयन क्षेत्रलाई हटाउन आग्रह गरेका छन् । युनियनकी एसिया क्षेत्रको बाह्य मामिला उप प्रमुख पावला पाम्पावलोनिसंगको भेटमा मन्त्री ज्ञवालीले कालोसुचीबाट हटाउन आग्रह गरेका हुन् । उनले जहाजको सुरक्षाको हिसाबमा नेपालले कुनै कसर बाकि नराख्ने समेत जानकारी गराएका छन ।
इयुले नेपाल सहित २८ देशलाई कालोसूचीमा राखेको छ । कमजोर हवाई सुरक्षा र नेपाली जहाजले इयुको मापदण्ड कायम गर्न नसकेको कारण प्रतिबन्ध लगाएको इयुले बताएको थियो ।
भेटमा मन्त्री ज्ञवालीले आगामी मार्च २९ र ३० मा हुने लगानी सम्मेलनमा लगानीकर्ताहरुलाई सहभागी गराउन पनि आग्रह गरेका छन् । इयुले नेपालको कृषि, जलविद्युत , पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।