नेपाल उघोग वाणिज्य महासंघद्धारा मनकामना दर्शन सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 06:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पर्नी मनकामना दर्शन’ आर्थिक बर्ष २०७८।२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । 

नेपाल उघोग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा कम्पनी सम्मानित भएको हो  । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ्  डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ । मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved