६७ हजारलाई रोजगारी दिएको ठमेल र दरबारमार्ग अब २४ घण्टा नै खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 06:30:59 PM मा प्रकाशित

laxmi  sunrise bank

६७ हजारलाई रोजगारी दिएको ठमेल र दरबारमार्ग अब २४ घण्टा नै खुल्ने भएको छ । काठमाडौँको ठमेल र दर्बारमार्गमा २०८१ वैशाख १ गतेदेखि रात्रिकालिन व्यवसाय पनि सुरु हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले संयुक्त पत्रकार सम्मेलन गरेर २४ सै घण्टा व्यवसाय संचालन हुने जानकागरी गराएको हो । व्यवसायीका अनुसार यी क्षेत्र ६७ हजारलाई रोजगारी दिएको छ ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार ठमेल क्षेत्रमा मात्र ६० हजारले रोजगार पाएका छन् । उनका अनुसार ठमेल क्षेत्र करिब २ वर्गकिलोमिटरमा फैलिएको छ । यता दरबारमार्ग विकास बोर्डका अध्यक्ष संजय अधिकारीले दरबारमार्ग क्षेत्रमा २०० वटा व्यवसाय रहेको र सो क्षेत्रमा ७ हजार बढीले रोजगार पाएको जानकारी दिएका छन् । 

पर्यटकीय क्षेत्र ठमेल र दर्वारमार्गमा गरेर जम्मा १० हजार ५०० वटा व्यवायहरु रहेका छन् । जसमध्ये ठमेलमा ८ हजार ५०० सय र दरबारमार्गमा २०० वटा व्यवसाय रहेको जनाइएको छ । दरबारमार्ग क्षेत्र महेन्द्रको शालिक देखि नारायणहिटि संग्राहलयको गेटसम्म फैलिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved