विश्वका घुम्न लायक शहरको सूचीमा काठमाडौँ पाँचौ नम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 02:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व प्रसिद्ध ट्राभल साईट लोन्ली प्लानेटले विश्वका घुम्नलायक शहरमा काठमाडौँलाई समावेश गरेको छ । प्लानेटले सार्वजनिक गरेको नयाँ १० गन्तव्यमा काठमाडौंको नाम पाँच नम्बरमा परेको छ । प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूची सार्वजनिक गरेको हो ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाउने अन्तिम तयारीमा रहेको नेपालका लागी यो खुशीको खबर हो । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनःनिर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौं घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ । मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने पनि विवरणमा उल्लेख छ ।

ट्रेकिङ एजेन्ट्स एसोशिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१९ को घुम्नलायक उत्कृष्ट दश शहरमा राख्नु नेपाल र नेपालीका लागि खुसीको विषय भएको प्रतिक्रिया दिएका छन् । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यसले सहयोग पुग्ने बताए ।

प्लानेटले घुम्नलायक उत्कृष्ट १० शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा काठमाडौं, छेठौँमा मेक्सिको शहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेस परेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved