
अन्तराष्ट्रिय पर्यटनको महाकुम्भ मानिने ‘आइटीबी बर्लिन २०१९’ सुरु भएको छ । पर्यटनको कुम्भ मेलामा नेपालले पनि सहभागिता जनाएको छ । उक्त मेलामा नेपालका २५ वटा ट्राभल कम्पनी सहित सेवा प्रदायकहरुले सहभागिता जनाएका छन् ।
नेपाल पर्यटन बोर्डको संयोजनामा राखिएका २५ वटा स्टलमा नेपालको धार्मिक, सांस्कृतिक र प्राकितिक सम्पदाहरु देखिने गरी विभिन्न सामानहरु प्रदर्शनमा राखिएका छन् ।
मेलामा राखिएका नेपाली स्टलहरुको जर्मनीका लागि नेपाली राजदूत रमेश खनाल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका छन् ।
बर्लिनमा राखिएका नेपाली स्टलमा विश्वभरीका नागरिकले चासो दिएर अवलोकन गरिरहेको जनाईएको छ ।