
विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिनमा बर्दिया राष्ट्रिय निकुञ्ज सम्मानित भएको छ । मेलामा एसिया प्यासिफिक क्षेत्रबाट दिगो गन्तव्यका रुपमा निकुञ्ज पुरस्कृत भएको हो ।
सम्मानित भएसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । निकुञ्जमा बाघको संख्या बढेपछि बर्दियालाई यो सम्मान प्रदान गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका लागी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले सम्मान ग्रहण गरेका थिए ।