पर्यटन दिवसः हवाई कम्पनीदेखि होमस्टेसम्म पुरस्कृत (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 11:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पर्यटन उद्योगमार्फत उत्कृष्ट योगदान दिने कम्पनीहरुलाई सम्मान गरेको छ । ४०औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले विभिन्न क्षेत्रका व्यवसायीक कम्पनीहरुलाई सम्मान गरेका हुन् । 

सम्मानित हुनेमा हवाई सेवा प्रदायक कम्पनीदेखि होमस्टेसम्म छन् । ३ लाख ९९ हजार ३३६ जना पर्यटक भित्र्याउने कतार एयरवेज सम्मानित भएको छ । त्यस्तै सबैभन्दा बढी विदेशी मुद्रा (९४ लाख ५३ हजार २८३ अमेरिकी डलर) आर्जन गर्ने फ्लाइट कनेक्सन डमेस्टिक प्रा.लि. पनि पुरस्कृत भएको छ । 

निजी क्षेत्रबाट पर्यटकीय गन्तव्यको विकास गरेको भन्दै कालिन्चोक दर्शन प्रा.लि. पुरस्कृत भएको छ । यो कम्पनीले दोलखाको कालिञ्चोकमा केवलकार निर्माणसहित कुरीन्टारमा पर्यटकीय बसोबासको व्यवस्थापन गरेको सरकारको मूल्यांकन छ । 

रियलस्टेट मार्फत धेरैलाई रोजगारी दिएको सोल्टी होटेल लिमिटेड पनि सम्मानित भएको छ । सोल्टीले ४०५ जनालाई रोजगारी दिएको छ । अपांगता भएका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको द बेकर क्याफे प्रा.लि. र सामुदायिक होमस्टे तर्फ नाम्जेथुम्की सामुदायिक होमस्टे, धनकुटा पुरस्कृत भएको छ ।

एक वर्षसम्म धेरै सामाजिक उत्तरदायित्व बहन गरेको फिस्टेल लज पोखरा सम्मानित भएको छ । यो लजले आफूले कमाएको सबै फाइदा सामाजिक क्षेत्रमा दिँदै आएको छ । 

निजी क्षेत्रबाट सबैभन्दा धेरै राजश्व बुझाउने बुद्ध एयर सम्मानित भएको छ । बुद्धले गत आर्थिक वर्ष २०७५÷०७६ मा ५८ करोड ६७ लाख ५६ हजार ९४४ रुपैयाँ राजश्व बुझाएको छ । हिमाल आरोहण टोलिमार्फत सबैभन्दा धेरै रोयल्टी जम्मा गर्ने सेभेन समिट ट्रेक्स प्रा.लि. पनि पुरस्कृत भएको छ । उसले गतवर्ष २५ वटा पर्वतारोहण दलबाट २६३ पर्वतारोही ल्याएर ९ लाख ३० हजार १९० डलर रोयल्टी जम्मा गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved