नेपाल भित्रियो फ्रान्सको एकोर ग्रूप, ३ अर्ब लगानीको ‘दि मेट्रोपोलिटिन’ होटलको व्यवस्थापन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 10:30:08 AM मा प्रकाशित

laxmi  sunrise bank

होटल व्यवसायमा विश्व प्रशिद्ध एकोर ग्रूप नेपालमा भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं द्धि राष्ट्रिय समितिका सभापति देशबन्धु वस्नेत (अजित)ले उक्त ग्रूपलाई नेपालमा भित्र्याएका हुन् । 

वस्नेतले नेपालमा आफुले संचालनमा ल्याउन लागेको दि मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडको व्यवस्थापनमा विश्व प्रशिद्ध एकोर समुह भित्र्याएका हुन् । उक्त होटललाई एकोर समुहले ‘मर्क्यूर’ ब्रान्डको नाममा संचालनमा ल्याउने भएको छ । भारतको नयाँ दिल्लीमा उक्त ब्राण्डलाई नेपालमा भित्र्याउन एकोर र दि मेट्रोपोलिटिनबीच सम्झौता भएको हो । 

होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समुह एकोर ग्रूपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने पाँच तारे होटल दि मेट्रोपोलिटनमा वस्नेतको लगानी रहेको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त समुहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्यूर ब्राण्डमा होटलको व्यवस्थापन सम्हाल्ने भएको हो ।

उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटलका अध्यक्ष वस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात दि मेट्रोपोलिटिनका अध्यक्ष वस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालिन सम्बन्धको सुरुवात गरेको बताए ।

‘विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरुले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएको छ ।’

उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयागग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरुलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले बताए । 

एकोरले नेपालमा कर्क्यूर ब्राण्डको नामबाट १०५ कोठो पाँच तारे होटल संचालनमा ल्याउने छ । काठमाडौंको सुकेधारमा निर्मार्णाधिन १० तले उक्त पाँच तारे होटलमा जिम, स्वीमिङपुल लगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । उक्त सम्झौतामा सो होटललाई सन् २०२३ भित्रै संचालनमा ल्याउने उल्लेख गरिएको छ ।

यो होटलमा ३ अर्ब लगानी हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved