चितवनको टाइगर ल्याण्ड होटलमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 12:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम चितवनको जगतपु्रस्थित टाइगर ल्याण्ड होटलमा आज आगलागी भएको छ । विहान ११ बजेको समयमा भरतपुर महानगरपालिका २३ जगतपुरस्थितमा उक्त होटलको  सेमिनार हलमा करेन्ट सर्ट भइ आगलागी भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आगलागीको सूचना प्राप्त हुनासाथ  अस्थायी प्रहरी पोष्ट कृष्णचोक र इलाका प्रहरी कार्यालय गीतानगरको २० जनाको प्रहरी टोली ततकाल आगलागी नियन्त्रणका लागि खटिएका जनाइएको छ । 

त्यसपछि प्रहरीको थप मद्दतसहित भरतपुरबार गएको दुई वटा दमकलले आगो निभाइरहेको छ ।  खैरहनी नगरपालिकाको दुई वटा दमकल जाँदै गरेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आइसकेको छैन । आगो निभाउने क्रममार हेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved