होटल संघको अध्यक्षमा विनायक शाह सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 05:53:38 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेपनि शाह हानको अध्यक्षमा सर्वसम्म चयन भएका हुन् । निर्वाचन समितिले बैशाख १५ गते ४८औँ वार्षिक साधारणसभाका दिन घोषणा गर्नेछ ।

निर्वाचन समितिले १८ जना नामावली सार्वजनिक गरेको छ । यी १८ जनामध्येबाटै शाह अध्यक्षमा चयन भएका हुन् ।

पाँचतारे चेन होटल तर्फबाट र्‍याडिसन होटलका विधाता श्रेष्ठ र ह्यात होटलबाट जयदिन श्रेष्ठ, पाँचतारेबाट सांग्रिला होटलका प्रविणबहादुर पाण्डे र एभरेस्ट होटलका सारिक अहमद लारी, चारतारेबाट होटल शंकरका विनोदशंकर श्रेष्ठ र होटल हिमालयका दिनेश श्रेष्ठ चयन भएका छन् । तीनतारेबाट एयरपोर्ट होटलका विनायक शाह र होटल वैशालीका विशालकुमार कैंथ, दुईतारेबाट ल्यान्डमार्कका राजेन्द्र भट्ट र इन्टरनेसनल गेस्ट हाउसका रामकुमार पुरी, एकतारेबाट क्राउन प्लाजाका युवराज श्रेष्ठ र गणेश हिमालका ठाकुरप्रसाद पोखरेल रहेका छन् । 

पर्यटकस्तरीय होटलबाट काठमाडौं प्रिन्सका साजन शाक्य र मधुवन गेस्ट हाउसका लक्ष्मण अर्याल, रिसोर्टबाट बाराही रिसोर्टका विप्लव पौडेल र ड्रिमल्यान्ड गोल्ड रिसोर्टका गोपाल राना, क्षेत्रीय होटल संघबाट विराटनगरका राजन श्रेष्ठ र चितवनका सुमन घिमिरे पनि चयन भएका छन्।

पदाधिकारी अध्यक्ष शाहले चयन गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved