मौद्रिक नीतिको समीक्षापछि होटल क्षेत्र उत्साहित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 04:51:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत होटल तथा रेष्टुरेन्ट क्षेत्रमा प्रवाह भएको कर्जालाई असार मसान्तसम्म पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेपछि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु खुशी भएका छन् । 

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहकले आफूहरुले अहिलेको शिथिल अवस्थामा कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण माग गरेको र सोही अनुसार असार मसान्तपभत्र यस्तो काम गरि सक्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेकाले यो सकारात्मक रहेको बताएका छन् ।

‘माग गरेका अनुसारका कुराहरु सम्बोधन भएका छन्, अझै डिजेल अध्ययन गर्दैछौँ’ हानका अध्यक्ष शाहले भने, ‘यसलाई बैंकर्स साथीहरुले कसरी बुझ्नु भएको छ भनेर पनि बैंकर्स संघसँग छलफल गर्छौँ, आइतबारसम्म सर्कुलर पनि आउला, त्यसमा अझै डिटेल कुराहरु समावेश होला । अहिले हेर्दा केही राहत हुने महशुस चाहिँ गरेका छौँ ।’

उनले यो काम बैंकहरुमार्फत हुने भएकाले बैंकर्सहरुले कार्यान्वयनमा कन्जुस्याँइ नगरुन् भन्ने आफूहरुको चाहना रहेको पनि बताए ।

‘बैंकहरुले धरपकड नै गरिरहेको स्थिती थियो, अहिले मौद्रिक नीतिको समीक्षाबाट केही कुराहरु एड्रेश भएको पाएका छौँ, अब सफल कार्यान्वयनको पक्षमा छौँ’ उनले थपे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved